टीममा सन्दीप लामिछानेको पुनरागमनले प्रतिशकी आमालाई औडाहा, यस्तो छ असन्तुष्टि
काठमाण्डौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीमा लेग स्पिनर सन्दीप लामिछानेको पुनरागमनले सवैभन्दा ठुलो पीर अर्का खेलाडी प्रतीश जिसीकी आमा प्रतिभा जिसीलाई परेको छ।
लामिछाने आईसीसी टी–२० विश्वकपमा सहभागी हुन वेस्ट इन्डिज पुगिसकेपछि प्रतिभाले आफनो छोरामाथि अन्याय भएको गुनासो गरेकी छिन्। वेस्ट इन्डिजमा हुने दुई खेलमा सहभागी हुने गरी सन्दीपलाई टोलीमा समेट्दा प्रतीश जिसीलाई वैकल्पिक खेलाडीको रूपमा टोलीमा राखिएको छ।
प्रतीशलाई १५ सदस्यीय टोलीबाहिर राखेपछि उनकी आमा प्रतिभा जिसीले घुमाउरो ढंगले असन्तुष्टि जनाएकी छन्। सन्दीपलाई शुभकामना दिँदै उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘स्पिनर बलरको सब्टीच्युट स्थानमा लेफ्ट आर्म मिडियम फास्ट बलर कसरी हुन्छ?’
‘जुन ११ मा फ्लोरिडामा हुन गइरहेको नेपाल र श्रीलंकाको गेम हेर्न जाँदै थिएँ। यो न्युज आउँदा म प्लेनमा थिए। ल्यान्ड भइसकेपछि मोबाइल पनि हेर्न पाएको थिइँन, राति निकै ढिला भइसकेको थियो। ढिला समाचार सुनेँ,’ उनले लेखेकी छन्, ‘बाबुले पनि केही भनेको थिएन। एकैचोटि समाचार सुन्दा मन भारी भयो।’
प्रतिभाले सन्दीप टिममा समावेश हुँदा मन खुसी भएको पनि बताएकी छन्। ‘मैले नबुझेको पनि हुन सक्छु। मनमा लागेको कुराचाहिँ स्पिनर बलरको सब्टीच्युट स्थानमा लेफ्ट आर्म मिडियम फास्ट बलर कसरी हुन्छ? त्योचाहिँ बुझ्न सकिनँ,’ उनले भनेकी छन्–‘तर यहाँ मेरो छोरो, तेरो छोरो भन्दा पनि सबै खेलाडी हाम्रै छोरा हुन्। यहाँ छोरोले भन्दा पनि देशले जित्नुपर्नेछ।’
जुन खेलाडी टिममा भए पनि नेपालको लागि राम्रो खेल्ने खेलाडी हुनुपर्ने उनले जनाएकी छिन्। ‘हामी देशले जितेको हेर्न चाहन्छौँ। सन्दीप टिममा पुनरागमन हुँदा एकदमै खुशी छु। नेपाल क्रिकेट टिम एउटा परिवार हो’ उनले लेखेकी छिन्–‘यहाँ दाइ र भाइ जसले खेले पनि देशकै लागि खेल्ने हो। सन्दीपलाई शुभकामना!’
स्वार्थी । देशको माया नहुँदा एस्तै सोच पलाउछ, गौशाला २६ जस्तो । परिवारको स्वार्थबाट माथि उठ्नु। देशहीतको बारेमा पनि बोल्नु, छोराले नै धिक्कार्ला फेरी ।