पाहुना आएका युवकको हत्या गरी फरार भएका अभियुक्त भारत छिर्नै लाग्दा पक्राउ

विराटनगर– गाउँमा पाहुना आएका सुनसरीको दुहवीका युवकको छुरा प्रहार गरी फरार भएका विराटनगर–४, इक्राइका २४ वर्षीय गणेश यादवलाई प्रहरीले पक्राउ गरेको छ। उनको छुरा प्रहारबाट दुहवी नगरपालिका–१२ का २३ वर्षीय अक्लेशकुमार यादवको मृत्यु भएको छ।
छुरा प्रहार गरी फरार भएका गणेशलाई भारततिर भाग्न खोज्दै गर्दा प्रहरीले लौकहीबाट बिहीबार दिउँसो पक्राउ गरेको हो। मोरङ प्रहरीका एसपी नवराज कार्कीका अनुसार ठुलोबुबा रामलोचन यादवकी छोरीको विवाहमा सहभागि हुन इक्राइ आएका थिए।
बुधबार बेलुका खानपिनका क्रममा उनीहरुबीच विवाद भएको थियो। केही दिनअघि उनिहरुबीच मोवाईलको विषयमा समेत विवाद भएको खुलेको छ। वुधबार खानपिनका क्रममा विवाद भएपछि अक्लेश मोटरसाइकल चढेर आफ्नो घरतर्फ जान खोज्दै गर्दा गणेशले राती करिव १० बजे चक्कु प्रहार गरेका थिए।
चक्कु प्रहारबाट बायाँ कोखामा गहिरो चोट लागेर अवस्था गम्भीर बनेका उनलाई उपचारका लागि नोबेल शिक्षण अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा बिहीबार उनको मृत्यु भएको प्रहरीले जनाएको छ।