सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला शाखा सप्तरीका अध्यक्ष अशोक चौधरीको निधन

राजविराज– सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला शाखा सप्तरीका अध्यक्ष ५६ वर्षीय अशोककुमार चौधरीको निधन भएको छ। झण्डै एक महिनादेखि उपचाररत उनको आईतबार विहान निधन भएको हो।
सप्तकोशी नगरपालिका–२, प्रसाहा निवासी चौधरी केही वर्षदेखि वडा नं. १ मा घर वनाई विभिन्न ब्यवसायमा संलग्न थिए। गत ११ जेठमा ब्लड प्रेसर बढेर अचानक घरमै वेहोस भएपछि उनलाई तत्कालै उपचारका लागि विराटनगर स्थित न्युरो अस्पताल लगिएको थियो।
उपचारकै क्रममा उनको आईतबार विहान ९ वजे निधन भएको स्थानीयवासी चन्द्रशेखर चौधरीले जानकारी दिए। चौधरी प्रसाहा सामुदायिक वनबाट प्रतिनिधित्व गर्दै सामुदायिक वन उपभोक्ता महासंघ, जिल्ला शाखा सप्तरीको अध्यक्ष चुनिएका थिए।
सप्तकोशीमा नेपाली कांग्रेसका लोकप्रिय नेता चौधरी होटल तथा ढुवानी ब्यवसायमा संलग्न थिए। उनका श्रीमतीसहित छोराछोरी र नातिनातिना समेत छन्।
यो पनि,