सप्तरीमा ६ महिनाभित्र ९ जनाको हत्या, १२ बालिकासहित १४ महिला बलात्कृत

राजविराज– सप्तरीमा विगत ६ महिनाभित्र ९ जनाको हत्या भएको छ भने १२ बालबालिकासहित १४ जना बलात्कारको शिकार भएका छन्। इन्सेक सप्तरीले शुक्रबार राजविराजमा सार्वजनिक गरेको तथ्यांकमा जनवरी २०२४ देखि जुनसम्मको अवधीमा ९ जनाको हत्या र १४ जनाको बलात्कार भएको उल्लेख छ।

नेपाल मानव अधिकार वर्षपुस्तक २०२५ का लागि संकलित तथ्यांकमा यस अवधिमा ७० ओटा मानव अधिकार उलंघन र ज्यादतीका घट्ना घटेको उल्लेख छ। इन्सेक प्रतिनिधि मनोहर पोखरेलले तथ्यांक सार्वजनिक गर्दै ९ जनाको हत्या, १२ बालिका सहित १४ जनाको बलात्कार, एक जनामाथि वैवाहिक बलात्कार, २१ वटा घरेलु हिंसा र १ जनालाई राज्यपक्षबाट कुटपिट भएको घट्नाको जानकारी दिए।

यसैगरी, यौन दुव्र्यवहारका २, बलात्कार प्रयासको १, मानव बेचविखनको १, बहुविवाहको ७, बालविवाहका २, बिवाहमा लेनदेनको १, गाउँनिकालाको १, सम्पत्ति क्षतिको २, गैरराज्य पक्ष र परिवारकै सदस्यबाट कुटपिटका ७ वटा घट्ना भएका छन्।

सप्तरी जिल्ला अदालतका प्रमुख न्यायाधीश दीपकप्रसाद दाहालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा सुरक्षा निकाय, मानव अधिकारकर्मी, पत्रकारलगायत सरोकारवालाको उपस्थिती थियो।

पोखरेलले तथ्यांक प्रश्तुत गरेपछि प्रमुख अतिथी दाहालले अपराध अनुसन्धान र न्याय प्रणाली प्रभावकारी बनाउनु पर्ने बताए। अपराधिक घटनामा प्रमाणकै चिन्ता हुने भन्दै उनले अपराध अनुसन्धान र न्याय प्रणाली प्रभावकारी बनाउन परिमार्जनको आवश्यक्ता औल्याए।

सबैभन्दा बढी झुठो बोलिने ठाउँ अदालत नै भएको भन्दै उनले ‘अतिरञ्जित कुरा गर्नुपर्ने, झुठो बोल्नुपर्ने, आफ्नो दावी सावित गर्न झुठकै सहारा लिनुपर्ने, दुबै पक्षले आँशु झार्ने, अन्यायमा परेको अनुहार बनाउने’ बताए।

तर कुनै पनि कुरासत्य नहुने न्यायाधीश दाहालले बताए। ‘मुद्दा चल्ने, नचल्ने, कसूर साबित हुने वा नहुने मुख्य प्रश्न प्रमाणमै निर्भर रहन्छ।’– उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट