एसईई अनुत्तीर्ण भएपछि एउटै विद्यालयका दुई किशोरीले गरे आत्महत्या

काठमाण्डौं– एसईई अनुत्तीर्ण भएपछि आवेशमा आएर रुपन्देहीको एउटै विद्यालयका दुई छात्राले आत्महत्या गरेका छन्।

देवदह नगरपालिका–२ की १५ वर्षीया सृष्टि गुप्ता र देवदह–१, लक्ष्मीटोलकी १७ वर्षीय पूजा न्यौपानेले शुक्रबार दिउँसो झुण्डिएर आत्महत्या गरेका हुन। गम्भीर अवस्थामा भेटिएका दुवैको देवदहस्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्राम्भिक अनुशन्धानमा एसईईमा नतिजा राम्रो नआएका कारण दुवैले झुण्डिएर आत्महत्या गरेको देखिएको देवदह प्रहरी कार्यालयका इन्स्पेक्टर एक्कबहादुर नेपालीले बताए। उनीहरुले देवदह नगरपालिका–२, ढेकारस्थित एशियन लाइट बोर्डिङ स्कुुलकाबाट एसईई दिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट