रौतहटमा सडकमै पल्टियो बस, १ जनाको मृत्यु, १३ जना घाइते

जनकपुर — रौतहटमा शनिबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना यात्रु घाइते भएका छन्।

गौर–चन्द्रनिगाहपुर खण्ड अन्तर्गत गरुडा नगरपालिका–१ स्थित जयनगर चोकनजिकै ना ७ ख ८४१४ नम्बरको बस दुर्घटना भएको हो।

गौरबाट भैरहवातर्फ जाँदै गरेको बस अनियन्त्रित भएर पल्टिँदा माधवनारायण नगरपालिका–३ भेल्हीका शैलेन्द्र कुमार गिरीका १८ वर्षीया छोरी नेहाकुमारी गिरीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटकी डीएसपी एलिजा गिरीका अनुसार दुर्घटनामा २६ वर्षीया रन्जुदेवी दासको दाहिने हात भाँच्चिएको छ। उनको शिवनगरस्थित ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ। इलाका प्रहरी कार्यालय गरुडा र शिवनगरबाट खटिएको प्रहरी टोलीले अन्य घाइतेलाई पनि उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाएको छ।

बस चालक फरार रहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट