लागु औषध दुर्ब्यसनीको झगडा मिलाउन खोज्दा नेपालगञ्जमा एक युवकको हत्या

काठमाण्डौं– नेपालगन्ज उपमहानगरपालिका–११ का ३८ वर्षीय इरसद राई (कबाडिया) को शुक्रबार राती हत्या भएको छ। राती करिव साढे १० बजे कबाडियाको हत्या भएको हो।

गम्भिर घाईते अबस्थामा फेला परेका कबाडियालाई उपचारका लागि भेरी अस्पतालमा लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीका अनुसार धारिलो हतियार प्रहार गरी उनको हत्या गरिएको छ।

हत्याराको पहिचान भएको छैन। तर, हत्याराले प्रयोग गरेको मोटरसाईकल भने प्रहरी बरामद गरेको छ। सोही मोटरसाईका आधारबाट प्रहरीले हत्याराको खोजी गरिरहेको डीएसपी डाँगीले बताए।

डीएसपी डाँगीका अनुसार लागु औषध दुब्र्यशनीबीच आपसमा विवाद भएको थियो। सोही विवाद मिलाउन खोज्दा कवाडीयाको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट