सिमलतालमा वेपत्ता बस र यात्रु खोजी रहेको सुरक्षा टोलीले नारायणी नदीमा ३ वटा शव भेट्टायो

काठमाडौं– त्रिशुली नदीमा वेपत्ता दुई वटा वस र त्यसमा रहेका झण्डै ५० जना यात्रुको खोजी गरिरहेको सुरक्षा टोलीले नारायणी नदी किनारामा दुइटा शव फेला परेको छ। एउटा शव बालुवामा पुरिएको अवस्थामा र एउटा शव तैरिएको अवस्थामा भेटिएको थियो।

एउटा पुरुषको खुट्टामा जुत्ता भएको र शरीरमा भित्री वस्त्रमात्रै बाँकी भएको अवस्थामा भेटिएको छ भने अर्को शव गाडिएको अवस्थामा भेटिएकाले प्रहरीले खनेर निकालेको छ। चितवन प्रहरीका डीएसपी भेषराज रिजालका अनुसार नवलपुरतर्फको प्रहरी टोलीले शव फेला पारेको हो।

शवको सनाखत भएको छैन। ती शव वेपत्ता बसकै यात्रु हुन÷होईनन भन्ने पुष्टि हुन सकेको छैन। यसअघि चितवनको भरतपुर महानगरपालिका–२८ गोलाघाटस्थित नारायणी नदीमा पनि एक व्यक्तिको शव भेटिएको थियो।

त्यो शव भने सिमलतालमा पहिरोले बगाएको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसका यात्रु भारतको मोतिहारी राजमुनुवा घर भएका २८ वर्षीय ऋषिपल साहको भएको प्रहरीले पुष्टि गरेको छ। साहको शव नदी किनारमा घोप्टो परेको अवस्थामा भेटिएको थियो।

शवको साथमा केही कागजात पनि भेटिएकाले त्यसैका आधारमा सनाखत भएको डीएसपी रिजालले जानकारी दिए। उनी नेपालमा बसेर काम गर्दै आएको उनका दाजु सत्यपालले बताए। ऋषिपल काठमाडौंको जोरपाटीबाट गौर जानका लागि गणपति डिलक्स बसमा चढेका थिए।

शुक्रबार विहान करिव साढे तीन बजे भरतपुर महानगरपालिका–२९, सिमलतालमा लेदोसहितको पहिरो खस्दा दुई वटा यात्रुवाहक बस बगाएको थियो। बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र गणपति डिलक्स नदीमा खसेको आशंका गरी खोजतलास भईरहेको छ।

दुवै वसमा सवार करिव ५० भन्दा वढि यात्रु अहिलेसम्म फेला परेका छैनन्। तीन जना यात्रुले भने पहिरोले बस वगाउँदै गर्दा झ्यालबाट हाम फालेर ज्यान जोगाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट