रवि लामिछानेलाई बचाउन खोज्दा गन्हाएका महान्यायाधिबक्ता पोखरेलद्वारा राजिनामा
काठमाडौं– पूर्वगृहमन्त्री एवम् रास्वपाका सभापति रवि लामिछानेको वचाउनमा लागेका कारण पटक–पटक विवादमा परेका सरकारका महान्यायाधीबक्ता डा. दीनमणि पोखरेलले आफ्नो पदबाट राजिनामा दिएका छन्।
प्रधाननमन्त्री केपी शर्मा ओली मार्फत पोखरेलले दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबारै स्वीकृत गरिसकेका छन्। सरकारको प्रमुख कानुनी सल्लाहकारका रुपमा रहने महान्यायाधिवक्ता पदबाट पोखरेलको राजीनामासँगै अब प्रधानमन्त्री केपी शर्मा ओलीले आफूअनुकुलको ब्यक्तिलाई नियुक्त गर्न सक्नेछन्।
पोखरेललाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपतिलेले १६ पुस ०७९ मा महान्यायाधिवक्ता नियुक्त गरेका थिए। उनी खासगरी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका कारण चर्चा र विवादमा रहे।
खासगरी, पोखराको स्वर्णिम सहकारीको बचत हिनामिनामा लामिछाने नजोडिएको भन्दै पोखरेलले क्लिन चिट नै दिएका थिए। संसदिय समिति तथा अन्य स्थानमा लामिछानेले सोही पत्र देखाउँदै आफु निर्दोश रहेको वताउँदै आएका थिए।
तत्कालीन सत्तारुढ गठबन्धनको योजनामा लामिछानेलाई राहदानी दुरुपयोगसम्बन्धी कसुरमा पनि उनले उन्मुक्ति दिन खोजेका थिए। उनले राहदानी प्रकरणमा लामिछाने विरुद्ध मुद्दा नचल्ने निर्णय गरिदिएका थिए।
तर उनको उक्त निर्णयविरुद्ध अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा रिट हाले। उक्त रिटबारे दुई न्यायाधीशले निर्णय दिन नसकेपछि अब तीन न्यायाधीश सम्मिलित पूर्ण इजलासले निर्णय लिने छ।
लामिछानेले दुईवटा नागरिकता लिएको स्वीकार गरे पनि उनीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेर पोखरेल विवादमा आएका थिए। राहदानी र सहकारी प्रकरणमा लामिछानेलाई वचाउन लागेपछि पोखरेललाई संकट आएको थियो। उनका दुवै निर्णयविरुद्धका रिट सर्वोच्चमा विचाराधीन छन्।