तीन महिनादेखि पार्किङमा राखेको बसमा इटहरीका युवकको शव

काठमाण्डौं– काठमाडौं महानगरपालिका–२६, नयाँ बसपार्कमा तीन महिनादेखि पार्किङ गरेर राखेको यात्रु बसभित्र एक युवाको शव फेला परेको छ।

नयाँ बसपार्कको ३ नम्बर गेटनजिकै पार्किङ गरी राखिएको बा २ ख २३४४ नम्बरको बसमा मंगलबार सुनसरीको इटहरी उपमहानगरपालिका–१३का ३७ वर्षीय प्रल्लाद अधिकारीको शव फेला परेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार अधिकारी बसपार्क क्षेत्रमै काम गर्ने गरेका थिए। उनको शव पोस्टमर्टमका लागि मंगलबार साँझ नै त्रिवि शिक्षण असपताल महाराजगन्ज पठाइएको छ।

उनको शव कसरी र कहिले बसमा पुग्यो भन्ने खुलेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट