पिकअपले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई युवाको मृत्यु

दमक– झापामा गएराती पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ। हुलाकी राजमार्ग अन्तर्गत हल्दीबारी गाउँपालिका–५ मा दुर्घटना भएको हो।

राजगढबाट जलथलतर्फ जाँदै गरेको मे १ ज ३२६१ नम्बरको पिकअपले विपरीत दिशाबाट आइरहेको मे ९ प ९६८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर मोटरसाईकलमा सवार हल्दीबारी–५ का ३१ वर्षीय प्रेम प्रसाईं र सुनसरीको बराहक्षेत्र–६, प्रकाशपुरका २१ वर्षीय बिकेश कार्की घाईते भएका थिए। उनीहरूलाई उपचारका बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा भर्ना गरिएको थियो।

उपचारकै क्रममा राती करिव ८ बजे दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। पिकअपका चालक भद्रपुर नगरपालिका–२ का ३७ वर्षीय दिपेन राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट