आफैले घाँटीमा गोली हानेर नेपाली सेनाका जवानले गरे आत्महत्या
काठमाण्डौं– नवलपुरको कावासोती नगरपालिका– ७ बाँदरझुलास्थित नयाँ गोरखगण ‘ख’ गुल्म अमलटारी सेक्टरमा रहेको बाँदरझुला पोष्टमा कार्यरत नेपाली सेनाका एक जवानले आत्महत्या गरेका छन्।
धादिङको गल्छी गाउँपालिका– ४ का जवान २२ वर्षीय सुदीप मिजारले आफैंलाई गोली हानेर आत्महत्या गरेका हुन्। दिउँसो साढे १२ बजे मिजारले आफैँले बोकेको मिनी गनबाट घाँटीमा गोली चलाई आत्महत्या गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका एसपी नरहरि रेग्मीका अनुसार उनले कोतघरमा रहेको ५.५६ एमएमको मिनी गनले आफ्नै घाँटीमा गोली हानेका थिए। श्री गोरखगण कसरामा दरबन्दी भएका मिजार हाल नयाँ गोरख गण ‘ख’ गुल्ममा कार्यरत थिए।
प्रतिक्रिया
