पहिरोले घर पुरिँदा १ जनाको मृत्यु, २ जना घाईते, ३ जना वेपत्ता
काठमाण्डौं– गुल्मीमा पहिरोल घर पुरिँदा १ जनाको मृत्यु भएको भने ३ जना वेपत्ता भएका छन्। मुसिकोट नगरपालिका–१, बिसौनामा पहिरोले २ वटा घर पुरिएका छन्।
मंगलबार बिहान घरमाथिबाट लेदो सहितको पहिरोले बिष्णु विक र हुकुम विकको घर पुरिएको प्रहरीले जनाएको छ। घर पुरिँदा १ जनाको मृत्यु भएको, ३ जना बेपत्ता भएको र २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका इन्स्पेक्टर रामकुमार केसीले बताए।
प्रहरी र स्थानीयवासीले बेपत्ता भएकाहरूको खोजी गरिरहेका छन्। रातिदेखि गुल्मीमा अविरल वर्षा भइरहेको छ।
फाईल फोटो।
प्रतिक्रिया

