रोकेर राखेको ट्याक्टरलाई मोटरसाईकलले दियो ठक्कर, चालकको मृत्यु
विराटनगर– मोरङमा सडकमा रोकेर राखेको ट्याक्टरलाई पछाडिबाट मोटरसाईकलले ठक्कर दिँदा मंगलबार राती १ जनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल चालक धनपालथान गाउँपालिका–७ का ४० वर्षीय विनोद बहरदारको मृत्यु भएको हो।
विराटनगर–रंगेली सडकखण्डअन्तर्गत धनपालथान–६ गदिया पुलनजिक सडकमा रोकेर राखिएको प्रदेश १–०२–००३ त १२५५ नम्बरको ट्याक्टरमालाई मंगलबार साँझ बीआर ११ एच ७६६८ नम्बरको भारतीय मोटरसाइकलले ठक्कर दिएको थियो।
घट्नामा बहरदार गम्भिर घाईते भएका थिए। उनलाई उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल ल्याइएको थियो। उपचारका क्रममा राति नै उनको मृत्यु भएको मोरङ प्रहरीका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए।
प्रतिक्रिया

