प्रचण्डले जनार्दनसँगै वर्षमान र ओनसरीलाई पनि सुन प्रकरणमा जेल हाल्न खोजेको खुलासा

काठमाण्डौं– ३८ वर्षसम्म पार्टीमा एक छत्र राज गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दोस्रो पुस्ताको निसामा परेपछि असुरक्षित भएको महसुस गर्न बाध्य भएका छन्।

जारी स्थायी समिति बैठकमा दोस्रो पुस्ताका नेताहरुले अध्यक्ष दाहालविरुद्ध एकपछि अर्को गर्दै तितो पाखिरहेका छन्। उपमहासचिव जनार्दन शर्माले तत्कालिन प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष दाहालले आफुलाई अख्तियार लगाउन खोजेको खुलासा गरे लगत्तै अर्का उपमहासचिव वर्षमान पुन र उनकी पत्नि एवम् पूर्व सभामुख ओनसरी घर्तीलाई पनि सुन तस्करी प्रकरणमा दाहालले फसाउन खोजेको खुलासा भएको छ।

आइतबार आफ्नो धारणा राख्ने क्रममाा स्थायी समिति सदस्यमध्ये अध्यक्ष दाहालकै निकट मानिने ओनसरी घर्तीले ‘कोरी (कुष्ठरोगी) नै भएपनि बाउ त मान्नुप¥यो’ भन्दै मान्नकै लागि दाहाललाई अध्यक्ष स्वीकारिएको टिप्पणी गरेपछि अधिकांश माओवादी नेता आश्चर्यमा परेका थिए।

उनले अध्यक्ष दाहाल र वरिष्ठ उपाध्यक्ष एवम तत्कालिन गृहमन्त्री नाराणकाजी श्रेष्ठप्रति आक्रोश पोख्दै आफुहरुलाई तस्करको जस्तो व्यवहार गरेको बताईन। ‘सुन तस्करीको आरोप लागेको विषयमा मलाई सुन तस्करलाई जस्तो व्यवहार गरेर अध्यक्ष र वरिष्ठ उपाध्यक्षले फोन उठाउनु भएन’ उनले भने–‘नेताहरूले पनि मलाई तस्करको रूपमा हेर्नुभयो। समयसँगै आरोप सत्य नभएको पुष्टि भएको छ।’

उनले यति कुरा खोलेपछि पुननिकट नेताहरूहरुले आन्तरिक कुरा पनि खोलेका छन्। गत वर्ष भदौपछि दाहालले उपमहासचिव पुन र घर्तीका विरुद्ध प्रहरी÷प्रशासन लगाएका थिए। यो कुरा पुन दम्पतीले थाहा पाएका थिए। गत वर्ष भदौमा राजस्व विभागले त्रिभुवन विमानस्थलबाहिरबाट ६० किलो सुन बरामद गरेपछि दाहालले यो खेल खेलेका थिए।

उक्त सुन प्रकरणमा पुन दम्पतीको संलग्नता रहेको दाहालको आशंका थियो। त्यसका लागि तत्कालीन गृहमन्त्री श्रेष्ठसँग मिलेर पुन दम्पती मात्र होइन, उनको परिवारलाई नै निगरानीमा राख्न लगाएको पुन परिवारको दाबी छ। उक्त घटनामा पुनका भाइको संलग्नता रहेको सार्वजनिक भएको थियो। त्यसले पुन परिवारको पनि संलग्नता रहेको दाहालको अनुमान थियो। तर, पुन दम्पतीको संलग्नता नरहेको पुष्टि भएपछि मात्र दाहाल र श्रेष्ठले उनीहरुसँग बोलचाल सुरु गरेको नेताहरु बताउँछन्।

दााहाल र श्रेष्ठले त्यतिबेला पुन दम्पतीलाई बालुवाटार र सिंहदरबारमा भेट नदिनेदेखि उनीहरुको फोन समेत उठाउन छोडेका थिए। सुन तस्करी प्रकरणमा अलिकति पनि शंकास्पद अवस्था देखिए उनीहरुलाई जेल हाल्ने दाहाल र श्रेष्ठको योजना थियो। अध्यक्ष दाहालको पक्षमा उभिँदै आएका पुन दम्पती यो पटक भने नेतृत्व र नीति करेक्सन हुनुपर्ने भन्दै उपमहासचिव शर्माको लाईनमा उभिएका छन्।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट