बुद्धिराजको ‘ग्रिनकार्डको गोलचक्कर’ मा पर्दा मोरिससमा यसरी बेचिईन नेपाली महिला

काठमाण्डौं– मासिक ७० हजारसम्म तलव र केही समयपछि नै ग्रिनकार्ड पाईने प्रलोभनमा पारेर एक नेपाली महिलालाई मोरिससमा विक्रि गर्ने झापाका एक ब्यक्ति पक्राउ परेका छन्। मानब बेचबिखन गरेको आरोपमा कमल गाउँपालिका–१ का ५४ वर्षीय बुद्धिराज न्यौपाने पक्राउ परेका हुन।
मानब बेचबिखन अनुसन्धान ब्युरोले न्यौपानेलाई सोमबार काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको हो। उनले १ महिलालाई ‘कुक’को काम गर्नु पर्ने भन्दै मोरिसस पठाएर विक्री गरेको प्रहरीमा उजुरी परेको छ।
मासिक ७० हजार रुपैयाँ कमाइ हुने र केही समय काम गरेपछि ग्रिन कार्ड समेत पाइने प्रलोभन देखाएपछि ती महिला न्यौपानेको जालमा परेकी थिईन। त्यस वापत उनले न्यौपानेलाई २ लाख ५० हजार रुपैयाँ पनि वुझाईन।
रकम बुझेपछि न्यौपानेले महिलालाई मोरिसस लेखेको क्याप लगाउन दिएर फोटी खिची त्यहाँका नागरिकलाई पठाए। अनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पु¥याएर उडाई दिए। ती महिला १३ माघ ०८० मा नेपालबाट भारतको नयाँ दिल्ली हुँदै मोरिसस पुगिन्। विमानस्थलमा त्यहाँका स्थानीय एक पुरूषले लगाएको क्यापको आधारमा चिनेर उनलाई लिएर गए।
ती पुरुषले ‘तलाई मैले खरिद गरेको हो’ भनेपछि महिलाले आफु बेचविखनमा परेको थाहा पाएकी थिईन। त्यसपछि उनलाई कुनै दिन खानसमेत नदिई १८ घण्टा काम गर्न लगाएको थियो। तलबको त कुरै रहेन। उनले आफुमाथि यौन शोषणसमेत गरेको बताएकी छिन्।
हरेक दिनको अत्याचार सहन नसकेर केही समयपछि पीडित महिला भागेर पोर्चुगल पुगेकी थिइन्। त्यहाँका नेपालीको सहयोगमा उनी २० असारमा नेपाल फर्किएर न्यौपाने विरुद्ध ब्युरोमा जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको एसपी गौतम मिश्रले जानकारी दिए।