बुहारी भेट्न काठमाण्डौं जान ठिक्क परेकी महिलाको हत्या, आँगनमा भेटियो शव

काठमाण्डौं– लमजुङमा बुहारी भेट्न काठमाण्डौं आउन लागेकी एक महिलाको हत्या भएको छ। बेसीशहर नगरपालिका–११, चिती बगैंचाकी ६५ वर्षीया सान्नानी घर्तीको हत्या भएको हो।

छोरा विदेश गएपछि वुहारी काठमाण्डौं वस्न थालेकाले सान्नानी घरमा घरमा एक्लै बस्थिन्। उनी आज बुहारी भेट्न काठमाण्डौं जाने तयारीमा थिईन। तर, गएराती नै उनको हत्या भएको छ। उनको शव घरको आँगनमा फेला परेको प्रहरीले जनाएको छ।

सान्नानीले बेशिशहरबाट काठमाडौं आउने जीपका चालकलाई मंगलबार नै आफु काठमाडौं जाने जानकारी गराएकी थिइन्। जिपका चालक आज बिहान उनलाई बोलाउन जाँदा घरको आँगनमा शव देखेका थिए।

जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर थानेश्वर चापागाईका अनुसार उनको सान्नानीको अनुहार र शरीरमा धारिलो हतियार प्रहार गरेको चोट देखिएको छ। प्रहरीले घट्नाको अनुशन्धान गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *