डोटीमा बस दुर्घटना हुँदा १६ जना घाईते, १ जनाको अवस्था गम्भिर

काठमाण्डौं– डोटीको दिपायल सिलगढी नगरपालिका–४ स्थित रेडियो नेपालको प्रशारण केन्द्र नजिकै बस दुर्घटना हुँदा १६ जना घाईते भएका छन्।

शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान करीब ४ बजे दुर्घटनामा परेको हो। सडकबाट करिव १ सय मिटर तल खसेको उक्त बस बिहीबार धनगढीबाट छुटेको थियो।

दुर्घटनामा घाईते भएका १६ जना मध्ये १ जनाको अवस्था गम्भिर रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। सबै घाइतेलाई उद्धार गरी उपचारका लागि सुजङ अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण खुलेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट