नेपालगन्जमा २६ वर्षीय युवक अपहरणमा परेको घट्नाले प्रहरीको होसै उडायो

काठमाण्डौं– गत ३० साउनमा अपहरणमा परेका बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा एक युवकलाई प्रहरीले राती १० बजे सकुशल उद्धार गर्यो। नेपालगञ्ज उपमहानगरपालिका–११ का २६ वर्षीय भरत तिवारी अपहरणमा परेको सूचना पाएको प्रहरीले सोही राती १० बजे डुडुवाको कम्दीस्थित खेतबाट उनलाई उद्धार गरेको हो।

प्रहरीका अनुसार ३० साउनमा भरतकै ह्वाट्सएप प्रयोग गरी उनका साथीहरुलाई ‘आफू अपहरणमा परेको’ म्यासेज गएको थियो। सहयोगको अपिलसहित म्यासेज आएपछि साथीहरुले प्रहरीलाई खबर गरे। उनको खोजतलास गर्न प्रहरी परिचालन भयो।

म्यासेजमा उनले ‘आफु अपहरणमा परेको र आफ्नो मोटरसाइकल न्यूरोडमा रहेको’ पनि उल्लेख गरेका थिए। प्रहरीले मोटरसाईकलसहित भरतको खोजतलास गरिरहेको थियो। यसवीच राती १० बजे भरतले नै प्रहरीलाई फोन गरे। आफू अपहरणकारीको चंगुलबाट भागेको र डुडुवाको कम्दीस्थित खेतको बीचमा पुगेको जानकारी दिए।

त्यसपछि प्रहरी त्यहाँ पुगेर उनको उद्धार गरी प्रहरी कार्यालय लग्यो। अनुशन्धानका क्रममा भने प्रहरीकै प्रहरीको दिमाग नै तिल्मिलाउने तथ्य सार्वजनिक भएको छ। अपहरण र उद्धारसम्मका खट्नाक्रम थाहा पाएपछि प्रहरीकै होस उडेको छ। उनको मोबाइलमा तीन वटा ह्वाट्सएप आईडी भेटियो। उनी आफैंले विभिन्न ह्वाट्सएपबाट साथीहरुलाई आफू अपहरणमा परेको म्यासेज पठाउने गरेका रहेछन्।

अपहरणको म्यासेज पठाएर अनावश्यक दुःख दिएको पुष्टि भएपछि प्रहरीले उनीविरुद्ध अपराधिक उपद्रव उपद्रवको मुद्दा चलाइएको छ। हाल उनी प्रहरी हिरासतमा छन्। त्यसअघि भरतले आफूलाई धर्मगुरु भन्दै कथा, प्रवचन सुनाउँदै हिड्ने गरेको पनि प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट