सर्लाहीको जंगलमा हायस दुर्घटना हुँदा ६ जना घाईते
जनकपुर– काठमाडौंबाट सर्लाहीको गोडैतातर्फ आउँदै गरेको हायस सोमबार पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बाँके जङ्गलमा पल्टिँदा ६ जना यात्रु घाइते भएका छन्।
बागमती प्रदेश ०६–००१ ज ००६६ नम्बरको हायस अनियन्त्रित भई अमुवा पुल नजिकै दायाँ साईडमा पल्टिको हो। दुर्घटनामा गाडीमा सवार यात्रु गोडैता नगरपालिका–९, बकैनियाका २७ वर्षीय सरोजकुमार चौधरी, २४ वर्षीय सुशील कुमार चौधरी, २३ वर्षीय चुनचुन महतो, २६ वर्षीय रामजी पासवान, १९ वर्षीय सुमन महतो र गोडैता नगरपालिका–२, जयनगरका २७ वर्षीय नवीन महतो घाइते भएका छन्।
घाइते ५ जना मोडेल अस्पताल लालबन्दीमा उपचारपछि डिस्चार्ज भइसकेका छन्। छाती र आँखा खुट्टामा चोट लागेर घाइते गोडैता नगरपालिका–२, जयपुरका २७ वर्षीय सरोजकुमार चौधरीको लालबन्दीमा नै उपचार भईरहेको छ।
इलाका प्रहरी कार्यालय केशरगन्जका डिएसपी मानप्रसाद श्रेष्ठका अनुसार हायस चालक प्रहरी नियन्त्रणमा छन्।

