बस दुर्घटनामा २७ जनाको मृत्यु, घाइते १६ जनालाई काठमाण्डौं ल्याईयो

काठमाण्डौं– तनुहँको आँबुखैरेनी २, ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको भारतीय बस दुर्घटनामा परेर २७ जनाको मृत्यु भएको छ। आँबुखैरेनी अस्पतालले २३ जनाको मृत्यु भएको पुष्टि गरेको र अरु तीन जनाको शव घटनास्थलबाट आँबुखैरेनी अस्पतालतर्फ लगिँदै गरेको प्रहरीले जनाएको छ।

अस्पताल लाँदै गरेका मृतकहरुको शव बसमुनिबाट निकालिएको हो। एक जना घाइतेको चितवन मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको छ।

बाँकी १६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल ल्याइएर उपचार सुरु गरिएको छ। उनीहरू बसेको पोखराको मझेरी रिसोर्टले प्रहरीलाई दिएको जानकारी अनुसार, बसमा ४१ यात्रुसहित चालक र सहचालक गरी ४३ जना सवार थिए।

उनीहरू भारतको गोरखपुरबाट ५ भदौमभा पोखरा आएका थिए। ८ दिनको पास लिएर नाकाबाट छिरेका उनीहरू दुई दिन पोखरा बसेर शुक्रबार बिहान काठमाडौँका जान हिडेको खुलेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट