तीर्थ हिडेका नेपाली सवार बस विहारमा पल्टियो, ३० भन्दा बढी घाइते, ५ को अवस्था गम्भिर

काठमाण्डौं– नेपाली तिर्थयात्री बोकेको बस भारतको बिहारस्थित समस्तीपुरमा दुर्घटना हुदा कम्तीमा ३० भन्दा घाइते भएका छन्।
४३ जना सवार ना ७ ख ६४४६ नम्बरको बस शनिबार राति दुर्घटनामा परेको हो। बसलाई पछाडिबाट एक ट्रकले ठक्कर दिएपछि अनियन्त्रित भएर पल्टिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
दुर्घटनामा एक किशोरसहित ५ जनाको अवस्था गम्भीर छ। घाइतेहरुको उपचार मुसरीघरारी अस्पताल र निजी क्लिनिकहरुमा भइरहेको छ।
सडक किनारमा पल्टिएको बसलाई क्रेनको सहायताले उठाइएको छ। ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ।
भारतीय प्रहरीका अनुसार घाइतेहरु बारा जिल्लाका हुन। उनीहरु जल चढाउनका लागि झारखण्डको देवघर तीर्थका लागि जाँदै गर्दा दुर्घटनामा परेको बताइएको छ। बाराका सीडीओ शशिधर घिमिरेले घटनाबारे जानकारी नभएको बताएका छन्।