धरानमा मुटुमा छुरा रोपेर १४ वर्षिया बालिकाको हत्या, कोखामा छुरा रोपिएकी बालिकाकी आमा सिकिस्त

इटहरी– सुनसरीको धरान उपमहानगरपालिका–३, माछाभौडीमा मंगलबार मुटुमा छुरा प्रहार गरी एक १४ वर्षिया बालिकाको हत्या गरिएको छ।

संखुवासभाको खाँदवारी नगरपालिका–२ घर भई काठमाडौंमा वस्दै आएका ३३ वर्षीय प्रवीण बरालले बालिका युजीना शाहीको हत्या गरेका हुन। प्रहरीका अनुसार दिउँसोतिर बरालले युजिना र उनकी आमा ३७ वर्षीया सिर्जना शाही (राई) माथि अन्धाधुन्द छुरा प्रहार गरेका थिए।

छुरा प्रहारबाट गम्भिर घाईते दुवै जनालाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। युजिनाको मुटुमा छुरा रोपिएकोले उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

कोखामा छुरा रोपिएकी आमा सिर्जनाको भने प्रतिष्ठानमा उपचार भईरहेको छ। सिर्जना प्रवीणको नातामा जेठीसासु रहेको खुलेको छ।

प्रहरीले बराललाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानमा राखेको छ। संखुवासभा जान वसको टिकट काटिसकेको अवस्थामा बराललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। हत्याको कारण खुलेको छैन। प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *