रामेछापको पहिरोमा मृत्यु हुनेको संख्या ८ पुग्यो, २ जना अझै वेपत्ता

काठमाण्डौं– रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका–३ लेखर्कको पहिरोमा परेर ज्यान गुमाउँनेको संख्या ८ पुगेको छ। गत आइतबार बिहान साढे ३ बजे पहिरो जाँदा ६ जनाको मृत्यु र ४ जना वेपत्ता भएका थिए।

बेपत्ता मध्ये सोमबार दिउँसो १ र बुधबार बिहान १ जनाको शव भेटिएको छ। बुधबार पहिरोमा पुरिएको अवस्थामा स्थानीय २३ बर्षकी बिन्दा पहरीको शव फेला परेको प्रहरीले जनाएको छ। सोमबार ७५ बर्षकी पुड्की पहरीको शव फेला पारेको थियो।

पहिरो गएकै दिन एकै परिवारका ४ सहित ६ जनाको मृत्यु भएको थियो। ३० वर्षकी चण्डिका श्रेष्ठ र उनका १८ महिनाका शिशु आनुष, ५७ वर्षीया उर्मीला पहरी, ३० वर्षीय सञ्जिव पहरी, ११ वर्षीय सन्तोष पहरी र ११ वर्षकै विज्ञान पहरीको शव आईतबार भेटिएको थियो।

एघार वर्षीय अञ्जना श्रेष्ठलाई घाईते अवस्थामा उद्वार गरिएको थियो। प्रहरीका अनुसार पहिरोमा अझै ५५ वर्षका काले पहरी र ५४ वर्षीया झ्याउकिरी पहरी बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी प्रदिपकुमार सिंहका अनुसार पहिरोका कारण लेखर्कका ५९ परिवार बिस्थापित भएका छन्। बिस्थापित परिवारलाई गाउँ नजिकैको कण्ठेश्वर माविको भवन र गाउँ पालिकाको खाली कोठामा राखिएको छ।

पहिरो जाँदा लेकखर्चका पाँचवटा घरमा क्षति पुगेको थियो। एकै गाउँको एक ठाउँमा खसेको पहिरोले ३ वटा घर पूर्णरुपमा र एउटा घरमा आंशिक क्षति गरेको थियो भने सोही गाउँको अर्को पहिरोमा एक घर पुरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट