पक्राउ परेका आरोपीलाई नै यकिन छैन स्नुकर सञ्चालक रुपकको हत्याको कारण

काठमाण्डौं- काठमाण्डौंको महानगरपालिका–१०, शंखमुलका स्नूकर हाउस सञ्चालक रुपक वान्तवाको हत्या गरेको आरोपमा पक्राउ परेका युवकले नै हत्याको यकिन कारण बताउन सकेका छैनन्।

हत्या आरोपमा पक्राउ परेका बारा सिम्रौनगढ नगरपालिका–७ घर भएका २२ वर्षीय एमके कुमार मानसिक रुपमा अस्वस्थ जस्तै देखिएका छन्। घटनाको अनुसन्धानमा संलग्न प्रहरीका अनुसार एमके कुमारले आफूलाई कालीको भक्त बताएका छन्।

स्नुकर सञ्चालक ४० वर्षीय बान्तवाको हत्या गर्नु पर्ने कारण कहिले एक थोक र कहिले अर्को थोक बताउने गरेका छन्। मृतक वान्तवा र एमके कुमार दुवैको घर बारा हो। बान्तवा शंखमूलको साइबाबा पार्कस्थित टिनले बेरेको आफनै घरमा द टाइम पास स्नुकर एण्ड खाजा घर सञ्चालन गरेर बसेका थिए भने एमके कुमार त्यसैको छेउमा डेरा गरेर बसेका थिए।

वान्तवाको हत्यापछि पनि उनी डेरामै बसिरहेका थिए। प्रहरीका अनुसार मंगलबार दिनभर पशुपतिनाथ मन्दिरमा बसेको र साँझ डेरा फर्किएको उनले बताएका छन्। उनलाई बुधबार बिहान सवा १० बजे पक्राउ गरिएको हो।

उनको डेराबाट प्रहरीले मृतक रुपकको बैंकको चेक, चश्मा, कपडा र हत्यामा प्रयोग गरिएको रड बरामद गरेको छ। सोमबार विहानको राती रुपक स्नुकर हाउसको सोफामा मृत भेटिएका थिए।

उनले रुपकको परिवारले आफ्ना बुबालाई बैंकिङ कसुरमा जेल पुर्याएकाले हत्या गरेको वताएका छन् भने अर्कोपल्ट रुपकले आफुलाई हेप्ने गरेका कारण हत्या गरेको बताएका छन्। मृतक रुपक छोरा र आमासँग त्यहाँ बस्दै आएका थिए । श्रीमती विदेशमा छिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट