सुधार केन्द्रका सञ्चालकले विरामीका आफन्त कुटे, ३ जना अस्पताल भर्ना
दमक– झापाको बिर्तामोड नगरपाकिला–३, बिर्ताबजारस्थित नयाँ सृष्टि पुनर्स्थापना केन्द्रका सञ्चालकले विरामी (उपचार र सुधारका लागि भर्ना भएका) का आफन्तलाई निर्घात कुटपिट गरेका छन्।
सञ्चालकसहित केन्द्रका कर्मचारीको कुटपिटबा एक महिलासहित ३ जना घाईते भएका छन्। उनीहरुको बिर्तामोडस्थित बिएन्डसी हस्पिटलमा उपचार भइरहेको छ। कुटपिटबाट अर्जुनधारा नगरपालिका–१ की सविना तामाङ, बिर्तामोड–५ का मनकुमार फेदाङ र बाबुराम योङहाङ घाइते भएका हुन्। मनकुमारको मेरुदण्डमा चोट लागेको छ।
जानकारी अनुसार सविनाका देवर मदन तामाङ केन्द्रमा छन्। उनलाई ६ महिनाअघि उपचारका लागि भर्ना गरिएको थियो। मदनलाई गएकाहरुले सञ्चालक आकाश खड्कासँग हरहिसाव खोजपछि कुटपिट भएको हो।
पीडितहरुका अनुसार खड्काले अश्लील गाली गर्दै कुटपिट सुरु गरेका थिए। त्यसपछि अन्य कर्मचारीहरु समेत धुरिएर कुटपिट गरेको सविनाले बताइन्। घाईतेलाई भेटन र उपचारमा सघाउन अस्पताल पुगेका मदन तामाङलाई भने खड्काले घर पठाएको जनाईएको छ।
खड्काले आफन्त लिन आएको समयमा तामाङ परिवारसँग सामान्य विवाद मात्र भएको बताए।

