एलिशाको हत्या गर्न समिर खानलाई आमाले नै दिएकी थिईन आदेश ? अडियो भेटियो

काठमाण्डौं– १० भदौमा हेटौंडा उपमहानगरपालिका–१० को रत्ना होटलमा मारिएकी एलिशा न्यौपानेको उनकै पति समिर खानले हत्या गरेको लगभग पक्का भएको छ। तर, उनी पक्राउ नपरेका कारण प्रहरीले पहिचान खुलाएको छैन।
समीरका आमा, बुवा र जेठी श्रीमती पक्राउ परेका छन्। अनुशन्धानका क्रममा फेला परेको एउटा अडियोमा समिरकी आमाले ‘एलिशालाई मारिदे’ भनेको भेटिएपछि उनीहरु अनुशन्धानमा तानिएका छन्। २३ वर्षकी न्यौपानेको अत्यन्तै क्रुर तरिकाले हत्या गरिएको थियो।
वियरका बोतलले टाउकोमा हान्दा उनको अनुहार क्षतविक्षत देखिएको छ। युवती होटलको कोठामा मृत भेटिएपछि सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी भएका थिए। कतिपयले ‘लभ जिहादका नाममा हिन्दु महिलाको हत्या’ भन्दै भड्काउ अभिब्यक्ति दिए भने कतिपयले ‘परपुरुषसँग होटलको कोठासम्म पुग्ने केटीलाई यस्तै हुनपर्छ’ भन्दै वितृष्णा फैलाए।
तर हत्यामा संलग्न उनकै श्रीमान रहेको खुलेपछि प्रकरणमा नयाँ मोड आएको छ। हेटौंडा–१ भैरवडाँडा घर भएकी एलिशाकी आमाले ९ वर्षकी छोरी (एलिशा) र ६ वर्षका छोरा (एलिश) लाई छोडेर अर्को विवाह गरिन। बुवा किरण न्यौपाने विरक्तिएर अत्यधिक मादक पदार्थ सेवन गर्न थाले। उनको पनि अकालमै ज्यान गयो।
एलिशा र एलिश हजुरबुवा र हजुरआमासँग वस्थे। उनीहरु पनि बिते। त्यसपछि एलिशा हेटौंडा–११ नवलपुरमा फुपूको घरमा बसेर पढ्न थालिन् भने एलिश अनाथालयमा बसे। एलिशाले बीचमै पढाई छोडेर ५ वर्षअघि (२०७६ साल) हेटौंडा–४ कमलडाँडा घर भएका समीरसँग प्रेम विवाह गरिन।
अन्तरजातीय विवाह गरेकी एलिशाले समीरको घरमा जेठी श्रीमती रहेको कुरा केही समय पछि मात्रै थाहा पाइन्। एलिशा र समीर प्राय घर वाहिरै बसे। केही समय पोखरा बसेकी एलिशा बीचमा ३ महिना दुवई पुगेकी थिईन। तर, समीरले नै बोलाएपछि उनी फर्किएर आईन। त्यसपछि उनी काठमाडौंमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन्। समीर दुवैतिर आउजाउ गरिरहन्थे।
यसैक्रममा ९ भदौमा एलिशालाई समीरले फोन गरेर हेटौंडा बोलाएक्ँ थिए। एलिशा घरमै गएकी थिईन। यो कुरा मृतकका भाई एलिश एलिशले फोन गरेपछि पत्ता लागेको हो। घरमै भएका बेला एलिशले दिदीलाई फोन गरेका थिए। त्यो बेला घरमा झगडा परिरहेको थियो। एलिशाले बोल्न त भ्याईनन तर फोन उठाएर छोडिदिएका कारण एलिशले झगडा सवै सुन्न भ्याए। रेकर्ड पनि गरे।
रेकर्डमा एकजना महिलाले समिर र एलिशालाई लक्षित गरेर ‘जहाँबाट ल्याएको थिइस् त्यहीँ लगेर मार’ भनेको सुनिन्छ। उनी समिरकी आमा भएको खुलेको छ। त्यसको भोलिपल्ट एलिशाको शव होटलको कोठा नं. २०५ मा भेटियो। समिर होटलबाट भाग्दै गरेको दृश्य पनि सीसीटीभी फुटेजमा देखिएको छ।
घटनापछि प्रहरीले समीरलाई खोज्दै गर्दा पनि समीरले एलिशलाई म्यासेज पठाएका थिए। उनले ‘मैले तिम्रो दिदीलाई अञ्जानमै मारेँ। मलाई माफ गरिदेउ। म सजाय भोग्न तयार छु’ भन्दै लेखेको पाईएको छ। जानकारी अनुसार घट्नाको दुई दिनसम्म समिर र एलिशकाबीचमा ह्याट्सएपमा कुराकानी भएको पाईएको छ।