सिरहामा सर्पले डसेपछि झारफुक गरेर ठिक पार्न खोज्दा २० वर्षीया किशोरीको मृत्यु

लहान– सिरहामा सर्पदंशका कारण एक किशोरीको मृत्यु भएको छ।
सखुवा नन्कारपट्टी गाउँपालिका–३ की २० वर्षीया सरिताकुमारी सदाको उपचारका क्रममा मृत्यु भएको हो। उनलाई गएराति १२ बजे सुतेकै ठाउँमा गोमन सर्पले टोकेको थियो।
सर्पले टोकेपछि उनलाई धामिझाँक्री लगाईएको थियो। झारफुकबाट निको नभएपछि अन्तिम अवस्थामा उनलाई लहानस्थित प्रादेशिक अस्पतालमा लगिएको थियो।
उनको उपचारकै क्रममा मृत्यु भएको सिरहा प्रहरीले जनाएको छ।
प्रतिक्रिया