बाग्लुङमा सरकारी गाडी दुर्घटना हुँदा गाउँपालिका उपाध्यक्षसहित ३ जनाको मृत्यु

काठमाण्डौं– मध्यपहाडी राजमार्ग अन्तरगत बागलुङको गलकोट नगरपालिका–२ नरेठाँटीको भुखानीमा सरकारी गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर छ।
सरकारी नम्बर प्लेटको रा १ झ २०० नम्बर बोलेरो जीप दुर्घटना भएको हो। दुर्घटना स्थलमा दुई जना महिला र एक जना पुरुषको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी विजय यादवका अनुसार मृतक एक जना रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा हुन।
दुर्घटना कतिबेला भएको भन्ने समेत खुलेको छैन। आज बिहान दुदीलाभाटीका प्रेम बहादुर कार्कीले घाँस काट्न जाने बेला दुर्घना ग्रस्त जीप र शव देखेपछि प्रहरीलाई खवर गरेका थिए।
प्रतिक्रिया