हेटौंडामा ग्याँस बुलेटको ठक्करबाट साईकलयात्रीको मृत्यु
काठमाण्डौं– हेटौडामा ग्याँस बुलेटको ठक्करबाट शुक्रबार राति साइकलयात्रीको मृत्यु भएको छ।
हेटौँडाबाट थानाभर्याङतर्फ जाँदै गरेको एनएल ०१ एल ९०२६ नम्बरको ग्यास बुलेटले पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ गोरक्षेश्वर मन्दिर नजिकै साईकललाई ठक्कर दिएको हो।
बुलेटको ठक्करबाट साइकलयात्री भक्तपुरको सुँडाल घर भई हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङ बस्ने ६० वर्षीय रमेश पाण्डेको मृत्यु भएको हो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।
बुलेट चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया