विराटनगरको इलेक्ट्रिक साइकल र सीटी सफारी बिक्री गर्ने पसलमा भयंकर आगलागी, २ घण्टापछि नियन्त्रण

विराटनगर– मोरङको विराटनगर महानगरपालिका–२, मुनालपथमा रहेको भब्या इन्टरनेशनलमा भयंकर आगलागी भएको छ। आज दिउँसो २ बजेतिर लागेको आगो करिव पौने २ घण्टापछि नियन्त्रणमा आएको छ।
विराटनगर महानगरपालिकाका ३ वटा दमकल, प्रहरी र स्थानीयको प्रयासमा आगो नियन्त्रणमा लिईएको छ। इलेक्ट्रिक साइकल र सीटी सफारी बिक्री गर्ने पसलमा भएको आगलागीको कारण खुलेको छैन। तर, ब्याट्री पड्किएर आगलागी भएको हुन सक्ने आशंका छन्।
यसका सञ्चालक मनिष वंशल हुन। आगोले पसल पूर्णरूपले जलेको छ। क्षतिको विवरण आइनसकेको प्रहरीले जनाएको छ। आगोले बिजुलीको पोलमा टाँगिएका केवल, इन्टरनेटलगायतका तारहरु पनि जलेका छन्।
राजमार्गसँगै जोडिएको पसलमा आगलागी भएपछि केही समय सवारी आवागमन समेत अवरुद्ध भएको थियो। अहिले सवारी सञ्चालन भईसकेको मोरङ प्रहरीका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए।
प्रतिक्रिया