कोशी ब्यारेजबाट सप्तकोशी नदीमा बस खस्यो, २० जनाको उद्धार
राजविराज– पूर्वपश्चिम राजमार्गको कोशी ब्यारेजबाट बिहीबार बेलुका एउटा यात्रुबाहक बस सप्तकोशी नदीमा खसेको छ।
विराटनगरबाट उदयपुरको गाईघाट जाँदै गरेको को१ख ४६०१ नम्बरको बस साँझ करिब ६ बजे कोशी ब्यारेजबाट नदीमा खसेको हो। बसबाट स्थानीय र प्रहरीले २० जनाको उद्धार गरेका छन्।
कोशी ब्यारेजको पुलमा गुडिरहेको बस आफैं अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको प्रहरीले जनाएको छ। घट्नाको थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया
