झापामा भ्यानले स्कुटरलाई ठक्कर दिँदा चालक महिलाको मृत्यु
दमक — झापाको झिलझिलेमा भ्यानले स्कुरटलाई ठक्कर दिँदा विहिबार एक जनाको मृत्यु भएको छ। भ्यानको ठक्करबाट स्कुटर चालक शिवसताक्षी नगरपालिका–९ की ४० वर्षीया जानुका अधिकारीको मृत्यु भएको हो।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झिलझिलेबाट माईधारतर्फ जाँदै गरेको प्र १–०१–०१७ प ४१७२ नम्बरको स्कुटरलाई बाटो क्रस गर्ने क्रममा सोही दिशाबाट आउँदै गरेको प्र १–०१–००१ च ८३३२ नम्बरको भ्यानले ठक्कर दिएको थियो।
ठक्कर बाट गम्भीर घाइते भएकी अधिकारीलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडमा भर्ना गरिएको थियो। उपचारको क्रममा बिहीबार साँझ साढे ७ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
ठक्कर दिने भ्यान चालक इलाम नगरपालिका–१ का ३१ वर्षीय सुरेश बस्नेतलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया
