ललितपुरमा टहरोमा बसेका ४ जनालाई वाढीले बगायो, खोजी गर्दै प्रहरी

कााठमाडौँ–ललितपुरको नखिपोटमा कान्तिपुर कोलोनी नजिकै रहेको टहरोमा बस्दै आएका चार जनालाई शनिवार विहान वाढीले बगाएको छ।

प्रत्यक्षदर्शीका अनुसार, करिब ८ बजेदेखि उनीहरु टहरामाथि उद्धारको प्रतिक्षामा बसेका थिए। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, बेपत्ता हुनेमा एक महिला, दुई पुरुष र एक जना बच्चा छन्।

उनीहरुको खोजी भइरहेको उनले बताए। बेपत्ताको खोजीमा सशस्त्र प्रहरीको लाइफ बोट समेत परिचालन गरिएको उनले बताएका छन्। शुक्रबारदेखि परिरहेको अविरल वर्षाका कारण उपत्यकाका विभिन्न स्थानमा नदी बस्तीमा पसेको छ।

शुक्रबार र शनिबार अत्याधिक वर्ष हुने भन्दै राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सूचना जारी गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट