ट्रकको ठक्करबाट एक जना सशस्त्र प्रहरी जवानको मृत्यु, अर्का जवान गम्भिर घाईते
विराटनगर– मोरङमा आइतबार ट्रकले मोटरसाईकलाई ठक्कर दिँदा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण कंकालीनी टंकीसिनवारीमा कार्यरत एक जना सशस्त्र प्रहरीको मृत्युु भएको छ भने एक जना प्रहरी जवान गम्भिर घाईते भएका छन्।
कोशी राजमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका–४, गोकुवामा प्रदेश १–०२–००१ क ३७१३ नम्बरको मिक्सचर ट्रकले प्रदेश १–०२–०५४ प ९२०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरी जवान २७ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको हो। उनी संखुवासभाका वासिन्दा हुन।
दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मिक्सर ट्रकले पूर्वबाट राजमार्गमा निस्किएर उत्तरतर्फ मोडिँदै गरेको मोटरसाईकललाई ठक्कर दिएको थियो। घटनामा मोटरसाइकल चालक धनकुटाको साँगुरीगढी गाउँपालिका– ९ घर भएका राई र तामाङ दुवै घाईते भएका थिए।
दुवै जनालाई उपचारका लागि बूढीगंगाकै विराट शिक्षण अस्पताल लगिएको थियो। गुरुङको उपचारकै क्रममा मृत्यु भएको र राई उपचाररत रहेको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।
ट्रक चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–६ का ३० वर्षीय सुवास झाँगडलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मिक्सरको तीव्र गति र मोटरसाइकल चालकको कमजोरीले दुर्घटना भएको प्रहरीले जनाएको छ।

