भारतीय वन रक्षकले सीमानामा गोली चलाउँदा बर्दियाका किसान घाईते

बर्दिया — बर्दियाको नेपाल–भारत सीमानामा आईतबार राती अज्ञात समुहले चलाएको गोली लागेर एक जना घाईते भएका छन्।

सदरमुकाम गुलरिया नगरपालिका–८ मा पर्ने सीमा क्षेत्रमा साँझ करिव ७ वजे खेतमा काम गरिरहेका ४० वर्षीय बलराम लोधमाथि गोली प्रहार भएको हो। उनको ढाडमा गोलीको छर्रा लागेको छ।

घट्नाका विषयमा राती करिव ८ बजे सशस्त्र प्रहरी बल ३१ नम्बर गणले जानकारी पाएको थियो। प्रहरीले घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल गुलरियामा पु¥याएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि कोहलपुरस्थित शिक्षण अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

वर्दिया प्रहरीका एसपी केदार खनालका अनुसार गोली प्रहार गर्नेको पहिचान भईसकेको छैन। घाइते लोधले भने भारतीय वन रक्षकले गोली चलाएको बयान दिएका छन्। घट्नाको अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट