वीरगन्ज नाकाबाट नेपाली भुमीमा छिरेर भारतीय प्रहरीले गोली चलाए, इन्सास राईफलको गोलीको खोका भेटियो

जनकपुर– भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले मंगलबार नेपाली भूमीमै छिरेर गोली चलाएका छन्। विरगन्ज–रक्सौल नाकास्थित नेपाल तर्फको भूभागमा प्रवेश गरेर एसएसबीका जवानले गोली चलाएका हुन।

भारतीय भुमिबाट कबाड संकलन गर्ने २ महिला र २ पुरुषलाई लखेड्दै आएका एसएसवीका जवानले मितेरी पुलको तलतिरको नेपाली भू–भागमा प्रवेश गरेर गोली चलाएको प्रत्यक्षदर्शीले बताए।

भारतीय भूमी अहरिवा टोल हुँदै नेपाल छिरेर एसएसबीका एक जवानले गोली चलाएको प्रत्यक्षदर्शी महिलाले बताइन्। गोली कसैलाई नलागेको उनको भनाई छ। एसएसबीले कबाड संकलन गर्नेहरुलाई लखेट्नुको कारण भने खुलेको छैन।

जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी दीपक भारतीले घटनास्थलमा एउटा गोलीको खोका भेटिएको बताए। नेपाल–भारत सीमास्थित मितेरी पुलको छेउमा रहेको नेपाली भू–भागमा इन्सास राइफलमा लाग्ने गोलीको खोका भेटिएको उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *