पोखरामा ५ जनाभन्दा वढि भेला हुन नपाउने गरी सीडीओले तोके निषेधित क्षेत्र

काठमाडौँ– जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको शहीदचोक आसपास क्षेत्रमा ५ जनाभन्दा वढि भेला हुन नपाउने गरी निषेधित घोषणा गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराधमा पक्राउ गरेर पोखरा लागेपछि त्यसको विरोध र समर्थनमा हुनसक्ने प्रदर्शनलाई मध्यनजर गरी निेषेधित क्षेत्र घोषणा गरिएको हो।

पोखरामा रास्वपाका कार्यकर्ताले प्रदर्शन गर्ने योजना बनाएपछि सहकारी पीडितहरूले पनि प्रदर्शन सुरू गरेका छन्। दुई पक्षबीच झडप हुन सक्ने भएकोले त्यसलाई रोक्न सीडीओ भरतमणि पाण्डेले निषेधित क्षेत्र घोषणा गरेका हुन।

पोखरा महानगरपालिकामा हुन सक्ने प्रदर्शन, जुलुस, हुल दंगा तथा झडपका कारण प्रतिकूल अवस्था सिर्जना भएर शान्ति सुरक्षा भंग हुने भन्दै आइतबार बिहान ११ः४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको जनाईएको छ।

शहीदचोक आसपासको पूर्वमा वाइ चोक, पश्चिममा फिस्टेल गेट, उत्तरमा मालपोत कार्यालय र दक्षिणमा मुस्ताङ चोकसम्म निषेधाज्ञा जारी गरिएको हो। त्यस्तै गैह्रापाटन आसपासमा पनि निषेधित क्षेत्र घोषणा गरिएको छ। निषेधित क्षेत्र तोकिएका ठाउँमा पाँच जना भन्दा बढी भेला हुन नपाइने आदेशमा उल्लेख छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *