रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

पोखरा– रास्वपाका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ।

न्यायाधीश चन्द्रकान्त पौडेलको बिहीबारको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो। अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार अदालतले यसअघि दिएको ६ दिनको म्याद सकिएपछि प्रहरीले थप ७ दिनको म्याद दिईएको हो।

लामिछानेले म्याद थपको मौका नदिन अनेक प्रयत्न गरेका थिए। बुधबार वयानका क्रममा ३ वटा प्रश्न सोधेर बाँकी प्रकृया अघि नवढाएको भन्दै उनले असन्तुष्टि जनाएका थिए। लगातार प्रश्न सोधेर अनुशन्धान सिद्याउन उनले दबाब सृजना गरेका थिए। तर, प्रहरीले अनुशन्धान नसकिएको भन्दै थप ७ दिनको म्याद मागेको थियो।

पोखराको सूर्यदर्शन सहकारी ठगीसम्बन्धी अनुसन्धानका लागि प्रहरीले उनलाई काठमाडौँबाट शुक्रबार पक्राउ गरेर रातारात पोखरा ल्याएको थियो। उनलाई राती ३ बजे स्थलमार्गबाट पोखरा ल्याईएको थियो।

रवि पक्राउ परेसँगै सरकारले षड्यन्त्र गरेर फसाउन खोजेको भन्दै रास्वपाका नेता कार्यकर्ताले निरन्तर प्रदर्शन गर्दै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट