मनकामना दर्शनका लागि जाँदै गरेका यात्रु बोकेको रिजर्व भ्यान धादिङमा दुर्घटना, ६ जना घाईते

काठमाडौँ– मनकामना दर्शनका लागि जाँदै गरेका यात्रु बोकेको रिजर्व भ्यान धादिङको थाक्रेमा दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य छ।

काठमाडौंबाट चितवनको कुरिनटार जाँदै गरेको बागमती प्रदेश ०१–०३० च ७६५९ नम्बरको विद्युतीय भ्यान थाक्रे गाउँपालिका–६ मा शुक्रबार दिउँसो अनियन्त्रित भई सडकबाट खसेको प्रहरीले जनाएको छ।

महादेवबेसीका सहायक हबल्दार दिपक श्रेष्ठका अनुसार दिउँसो करिब साढे १ बजे भ्यान दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएकाहरुलाई उद्धार गरी महादेवबेसीकै टाइम्स केयर अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।

भ्यान आफैं अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट