२ नाबालिका बलात्कार अभियोगमा पक्राउ परेका सशस्त्रका सहायक हवल्दार हिरासतमै कसरी मरे ?

काठमाडौँ– दशैंको बेला पिङ खेल्न गएका ८ र १४ वर्षका दुई बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका शसस्त्र प्रहरीका एक जना सहायक हवल्दार प्रहरी हिरासतमै मृत फेला परेका छन्।
८ कात्तिकमा पक्राउ परेका सहायक हवल्दार रेवन पचभैया मगर सोमबार विहान प्रहरीको हिरासत कक्षको शौचालयमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्। मगर वडा प्रहरी कार्यालय घोराहीको हिरासतमा थिए।
प्यूठानको बडडाँडा घर रहेका मगर सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर हेटक्वाटर भालुवाङमा कार्यरत थिए। जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी ईश्वर थापाले मगर बिहान करिब ५ बजे टिसर्टको पासो बनाएर झुण्डिएको अवस्थामा फेला परेको जानकारी दिए।
उक्त घट्नामा आरोपी मगरसहित अर्का सशस्त्र प्रहरी सहायक हवल्दार भरत रोकामगर पनि पक्राउ परेका छन्। दाङ–देउखुरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर प्रहरीले त्यो घट्नाको अनुसन्धान गरिरहेको छ।
दशैंको फूलपातीका दिन (२४ असोजमा) भालुवाङ पुलचोक बजारमा डेरा गरि बस्ने ८ र १४ वर्षीया बालिका पिङ खेल्न गएका बेला बलात्कृत भएका थिए।
यो पनि,