खरिपाटीको घुमाउनेमा बस दुर्घटना, घाईते १० मध्ये २ जनाको अवस्था गम्भिर

काठमाडौँ– भक्तपुरको खरिपाटीस्थित घुमाउनेमा आज बस दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन्। चाँगुनारायण नगरपालिकाको तलकोटबाट यात्रु बोकेर हिडेको बस तिव्र गतिका कारण दुर्घटनामा परेको जनाईएको छ।

प्रदेश–३–०१–००६ ख ०३१२ नम्बरको बस अनियन्त्रित भई सडकको खम्बामा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी परिसरका ट्राफिक इन्स्पेक्टर प्रदीप खत्रीका अनुसार दुर्घटनामा १० जना घाइते भएका छन्।

घाइतेहरुको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ। प्रत्यक्षदर्शीका अनुसार बस दुर्घटनामा परेका घाईते मध्ये दुईजनाको अवस्था गम्भीर छ। बस दुर्घटनामा विद्युतको खम्बासमेत भाँचिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट