सर्लाहीमा प्रहरी हिरासतबाट थुनुवा फरार भएपछि ४ प्रहरीको जिम्मेवारी खोसियो

जनकपुर– प्रहरी हिरासतबाट थुनुवा फरार भएपछि सर्लाहीस्थित ईलाका प्रहरी कार्यालय हरिवनका ४ जना प्रहरीको जिम्मेवारी खोसिएको छ।

लागू औषध मुद्दामा पक्राउ परी प्रहरी हिरासतमा रहेका बरहथवा नगरपालिका–९, मूर्तियाका रामअयोधी मुखिया शनिवार दिउँसो फरार भएका थिए। सोही घट्नाको अनुशन्धानका क्रममा इलाका प्रहरी कार्यालय हरिवनमा कार्यरत हिरासत व्यवस्थापन अधिकृत र सेन्ट्रीसहित ४ जना सुरक्षाकर्मीलाई जिल्ला तानिएको छ।

घटनाबारे छानविन भइरहेको सर्लाहीका एसपी रविन्द्र बहादुर सिंहले बताए। फरार भएका थुनुवा पुनः पक्राउ परिसकेको र घट्नाको विषयमा अनुशन्धान भईरहेको उनले वताए। प्रहरी नियन्त्रणबाटै थुनुवा फरार भएको विषयले जिल्लाको सुरक्षा ब्यवस्थामाथी भने स्थानीय प्रश्न उठाउन थालेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट