झाँक्रीले चलाएको कारको ठक्करबाट घाईते भएका नगरकोटीको मृत्यु, श्रीमती गम्भिर

काठमाडौँ– भाईरल झाँक्री प्रकाश भुजेलले चलाएको कारको ठक्करबाट घाईते भएका मोटरसाईकल चालकको मृत्यु भएको छ।

बा१९च २६९५ नम्बरको कारको ठक्करबाट घाईते भएका कागेश्वरी मनोहरा–२, आलापोटका नारायण नगरकोटी (३८) को बुधबार साँझ मृत्यु भएको हो।

ग्रान्डी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो। काठमाडौंको शंखरापुरमा बुधबार दिउँसो कारको ठक्करबाट नारायण र पछाडि वसेकी उनकी श्रीमती किसानुमाया नगरकोटी (३२) गम्भीर घाइते भएका थिए। किसानुको ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ।

सिन्धुपाल्चोक घर भई जोरपाटीमा ‘प्रकाश मानव सेवा सांस्कृतिक झाँक्री केन्द्र’ सञ्चालन गरेर वसेका झाँक्री बा.प्र–०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएर फरार भएका थिए। पछि उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।

भुजेल सामाजिक सञ्जालमा आफूलाई ‘बिरामीको साथी धर्म गुरु’ भनेर भाईरल छन्।


प्रतिक्रिया

One thought on “झाँक्रीले चलाएको कारको ठक्करबाट घाईते भएका नगरकोटीको मृत्यु, श्रीमती गम्भिर

Leave a Reply to k Shankar Cancel reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट