जीप दुर्घटना हुँदा मध्यपहाडी लोकमार्गमा कार्यरत २ मजदुरको मृत्यु

काठमाडौँ– मध्यपहाडी लोकमार्ग अन्तर्गत जाजरकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

कार्कीगाउँबाट जगतिपुरतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ४७१९ नम्बरको बोलेरो जीप भेरी नगरपालिका–१०, नुवागाउँ नजिक घुम्तीमा दुर्घटनामा परेको थियो। जीप सडकबाट करिब ७ सय मिटर तल खसेर दुर्घटना भएको छ।

मृत्यु हुनेमा कैलाली घर भई हाल भेरी नगरपालिका–७ मध्यपहाडी लोकमार्गमा कार्यरत २४ वर्षीय मनोज केसी र सोही आयोजनामै काम गर्ने जुम्ला घर भएका २२ वर्षीय मिथुन हमाल छन्। दाङको घोराही उपमहानगरपालिका–८ घर भई मध्यपहाडी लोकमार्गमै कार्यरत २२ वर्षीय कमल चौधरी घाईते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी पुरूषोत्तमप्रसाद पाण्डेले जानकारी दिए।

उनको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट