उदयपुरमा हायसको ठक्करबाट मर्निङ वाक गर्दै गरेका ब्यक्तिको मृत्यु

गाईघाट– उदयपुरमा शनिवार विहानै हायसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ।

त्रियुगा नगरपालिका– १०, बोक्सेमा बा. प्र. ०–१००६ ख ५८७१ नम्बरको हायसको ठक्करबाट त्रियुगा नगरपालिका–११, चप्पनका ५५ वर्षीय परणशेरको मृत्यु भएको प्रहरीले जनाएको छ।

करमगाछीबाट गाईघाट हुदै काठमाडौँ जाँदै गरेको हायसले गाईघाट दिक्तेल सडक खण्डमा मर्निङ वाकका लागि निस्किएका परणशेरलाई ठक्कर दिएको थियो। ठक्करबाट उनी गम्भिर घाईते भएका थिए।

उपचारका लागि उनलाई तत्कालै जिल्ला अस्पताल गाईघाट लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। अहिले ठक्कर दिने हायसका चालकलाई प्रहरीले पक्राउ गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *