८ वर्षीया बालिकाको हत्या आरोपमा ४८ वर्षीय नन्दे सनई पक्राउ

काठमाडौँ– बाजुरामा ८ वर्षीया बालिकाको हत्या आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। बुढीगंगा नगरपालिका–२, नडाङ सनइवाडाका ४८ वर्षीय नन्दे सनइलाई प्रहरीले पक्राउ गरेको हो।

नडाङ सनइवाडाकै हर्क सनइकी छोरी ८ वर्षीया विनिता नेपालीको हत्या गरेको आरोपमा नन्देलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी शुक्रबार साँझ पक्राउ परेका हुन।

नन्देले धारिलो हतियार प्रहार गरी विनिताको हत्या गरेको सूचना पाएपछि प्रहरी टोली घट्नास्थल पुगेको थियो।

नन्देले बालिकाको हत्या गर्नुको कारण भने प्रहरीले खुलाएको छैन। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट