कपाल काट्ने शैलुनमा ब्यक्त भयो पूर्वराजाको गद्दी आरोहणको चाहना

काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले कपाल काट्ने शैलुनमा गएर गद्दी आरोहणको चाहना जिवितै रहेको संकेत गरेका छन्। जनताले चाहे आफु राजगद्दीमा फर्किन तयार रहेको शाहको भनाई छ।

एकसाता लामो पश्चिम नपालको भ्रमण सिद्याएर राजधानी फर्केका शाह आज एक शैलुनमा कपाल काट्न गएका थिए। कलाकार, खेलाडीलगायत विशिष्ट व्यक्तिहरुले कपाल काटने गरेको ‘श्रीकृष्ण सैलुन’ मा कपाल काट्दै गरेको शाहको तस्वीर अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

देश÷विदेशको दौडाहाकै क्रममा कपाल काट्न पुगेका शाहसँग शैलुन सञ्चालक श्रीकृष्ण श्रेष्ठले छोटो कुराकानी पनि गरेका थिए। ‘कतै टाढा सवारी भइबक्संदै छ कि !’ भनेर उनले सोधेको प्रश्नमा पूर्वराजा शाहले ‘केही दिनमा भ्रमणमा निस्कने’ जनाउ दिएका छन्।

कुराकानीकै क्रममाले श्रीकृष्णका मुलुकमा फेरि राजतन्त्र पुनःस्थापित गरेर त्यसको नेतृत्व गर्न आग्रह गरेका थिए। जवाफमा शाहले ‘जनताले चाहे त्यो सम्भव छ’ भन्दै प्रतिक्रिया दिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट