आगो ताप्ने क्रममा विवाद हुँदा कुटपिट गरी एक जनाको हत्या
काठमाडौँ– मकवानपुरमा आगो ताप्ने क्रममा विवाद हुँदा कुटपिट गरेर एक जनाको हत्या गरिएको छ।
मकवानपुरको थाहा नगरपालिका–१०, मुलगाउँका करिव ५३ वर्षीय हिराकाजी गोपालीको कुटपिट गरी हत्या गरिएको थियो। गत सोमबार आगो ताप्ने क्रममा सामान्य विवाद हुँदा जयराम गोपालीले उनीमाथि कुटपिट गरेका थिए।
टाउकोमा चोट लागेर गम्भीर घाइते भएका हिराकाजीलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो। काठमाडौंको दीर्घायू अस्पतालमा उपचारका क्रममा गएराति उनको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले जयराम गोपालीलाई नियन्त्रणको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
