लागू औषध तस्करीका लागि तेस्रो लिङ्गी बनेका युवक विरगञ्जमा पक्राउ

वीरगन्ज– लागू औषध तस्करी गर्नकैलागि तेस्रो लिङ्गी बनेका एक युवक वीरगञ्जमा पक्राउ परेका छन्। तेस्रो लिङ्गीको भेष धारण गरी लागू औषध बोकेर हिडिरहेका पर्साको बहुदरमाई नगरपालिका– ३ का ३६ वर्षीय मिश्री रामलाई प्रहरीलेपक्राउ गरेको हो।

उनी भारतबाट खुर्सानीको बोरामा लागूऔषध बोकेर आएका थिए। टाउकोमा बोरा बोकेर वीरगन्ज आउँदै गरेका रामलाई वीरगन्ज भन्सारको गेट अगाडि नै पक्राउ गरिएको हो। सशस्त्र प्रहरीको टोलीले उनलाई रोकेर बोरा चेकजाँच गर्ने क्रममा लागू औषध बराद भएको थियो।

खुर्सानीको बोराभित्र डाइजेपाम ४९० एम्पुल, बुप्रेनोर्फाइन ४९९ एम्पुल, नोर्फिन २९७ एम्पुल र प्रोमेथाजाइन ४९७ एम्पुल बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका डीएसपी नरेन्द्रसिंह धामीले जानकारी दिए।

लागूऔषधसहित नियन्त्रणमा लिइएका उनलाई आवश्यक कारबाहीका लागि प्रहरी चौकी ईनर्वाको जिम्मा लगाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट